२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२ अर्बभन्दा बढीको कारोबार गर्ने अनिल पक्राउ

काठमाडौं । विभिन्न अनलाइन बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्नै एक जना व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर-८ का २४ वर्षीय अनिल ढुंगाना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीको भनाइ छ ।

११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको प्रहरीले जनाएको छ । १५ वटा वालेट प्रयोग गरी ५ करोड रुपैयाँभन्दा बढी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको एसएसपी भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस