काठमाडौं । आईपीएल २०२४ को ६२ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको छ । आरसीबीको यो लगातार पाँचौं जित हो। टोली अझै प्लेअफको दौडमा छ । उसको १३ खेलमा ६ जित र सात हारसहित १२ अंक छ।
दिल्लीमाथिको जितसँगै टोली पाँचौं स्थानमा पुगेको छ । बेंगलुरुले आफ्नो अन्तिम खेल मे १८ मा चेन्नई सुपर किंग्ससँग चिन्नास्वामीमा खेल्नुपर्नेछ। यो खेलमा दुवै टोलीको भाग्य निर्धारण हुनेछ । चेन्नईले जित्यो भने आरसीबी प्लेअफको दौडबाट बाहिरिने छ । साथै, यदि बेंगलुरुले जित्यो भने उसले राम्रो अन्तरले जित्नुपर्नेछ ताकि नेट रन रेट चेन्नई भन्दा राम्रो होस्। यसपछि पनि बैंगलोरले अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।
बेंगलुरु–दिल्ली र लखनउ तीनैको १२–१२ अंक छ। लखनउले अहिलेसम्म ११ खेल मात्र खेलेको छ र यो टोली १६ अंकमा पुग्न सक्छ। योसँगै दिल्ली र बैंगलोरले १३–१३ खेल खेलेका छन् । यो हारसँगै दिल्लीको अब अधिकतम १४ अंक मात्र पुग्न सक्नेछ । तर, यसका लागि उसले १४ मेमा लखनउ सुपर जायन्ट्सलाई आफ्नो घरेलु मैदानमा जित्नुपर्नेछ । कोलकाताको टोली १८ अंकसहित प्लेअफमा प्रवेश गरिसकेको छ । योसँगै राजस्थान १२ खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ । चेन्नईको १३ खेलमा १४ अंक छ भने सनराइजर्स १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ ।
आजको खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । रजत पाटीदारले ३२ बलमा ५२ र विल ज्याकले २९ बलमा ४१ रन बनाए । विराट कोहलीले २७ रन बनाएका थिए । जवाफमा दिल्लीको टोली १९.१ ओभरमा १४० रनमै सिमित भयो। ऋषभ पन्तको स्थानमा कप्तानी गर्दै आएका अक्षर पटेलले ३९ बलमा ५७ रन बनाए । यश दयालले तीन र लोकी फर्गुसनले दुई विकेट लिए ।