काठमाडौं । नागरिकको भावविह्वलतामा जननेतालेपनि आफूलाई सम्हाल्न नसक्ने रहेछन् । उनीहरुको चित्कार र रोदनले अनयासै आखा आँशुले भरिने रहेछन् । दृष्य हो एमाले मुख्यालय च्यासलको । दाइजो नल्याएको निहुँमा गर्भवती छोरीको हत्या भएको पीडामाथी राजवती सहनीलाई बहिनी गुमाउँदाको चोटले आक्रोशित बन्दा छोरापनि जेलमा कोचिदिएको पीडा छ ।
यही पीडामा मल्हमको आशामा उनी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आएकी थिइन् । संयोगवस मुख्यालय आइपुग्नासाथ बाहिर नै ओलीसँग सहनीको भेट भयो । उनले आफूलाई सम्हाल्न सकिनन् । बोल्न समेत डराउने, राम्रोसँग कुरा बुझाउँने क्षमता नभएकी उनीसँग चित्कार र आँशु बाहेक केही थिएन ।
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाकी सहनी श्रीमान दिपलालसँगै न्याय खोज्न काठमाडौं आएकी थिइन् । चार महिनाको गर्भवती अवस्थामाकी छोरी गिताको दाइजो नपुगेको भन्दै होलीका दिन श्रीमानसहितको परिवारले हत्या गरेको शंका उनीहरुमा छ । तर प्रहरीले जाहेरी बुझेन । जाहेरी बुझ्नका लागि आफूले भनेको वकिलकामा गएर लेखाउन प्रहरीले भनेको राजवतीले बताइन् ।
तर प्रहरीले भनेको वकिलाई लेखाउँदा आफ्नी छोरीको आत्महत्या भएकाले अनुशन्धान गरिदिन भनेर लेखेको जाहेरी देखियो । त्योपनि अध्यक्ष ओलीले पढेपछि सहनीलाई थाहा भयो । पूर्वसांसद डाक्टर रिना यादवको सहायतामा एमाले मुख्यालयसम्म आएकी सहनीले ओलीसँग भेट गरेपछि न्याय माग्दै भावविह्वल हुन पुगिन् । उनले आफूलाई सम्हाल्न सकिनन् र डाक्टर यादवलाई अँगालो हालेर बेस्सरी रुन थालिन् ।
त्यो बेला अध्यक्ष ओलीलेपनि आफूलाई सम्हाल्न सकेको देखिन्थ्यो । ओलीले सहनीलाई न्यायका लागि पहल गर्ने आश्वासन दिए । घटनाको थप विवरण बुझ्दा उनको परिवारले आफ्नो सन्तान मात्र गुमाएको रहेनछ । यो हदसम्मको षड्यन्त्र समेत भोगिरहेको रहेछ । भिडियोमा हेर्नुहोस्