२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमति प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् । यही कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।

आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाएको उनको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस