२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा अब साँझ निस्किनपनि धेरै सोच्नुपर्ने भयो ! [ भिडिओ ]

काठमाडौं । यो दृष्य हो राजधानी काठमाडौँको बत्तीसपुतलीस्थित कुमारी टोल । यहाँको घटनाले अब बाहिर निस्किनपनि डराउनुपर्ने अवस्था आएको छ । यही गल्लीमा शम्भु धिमालको हत्या भयो । त्योपनि बाटोमा हिँड्दा झुक्किएर ठक्कर लागेको निहुँमा । लागुऔषधले मत्त बनेका ४ नाबालिगले धिमालको हत्या गरेको देखिएपछि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार चार जना नाबालकले मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या गरेका हुन् । मोरङ घर भएर गौशाला बस्ने २३ वर्षीय मनिष चौधरी र शम्भु धिमाल शनिवार साँझ करिब ८ बजेतिर काठमाडौँ–९ स्थित कुमारी टोलमा हिँड्दै थिए । विपरीत दिशाबाट आएका ४ जना युवकसँग सडकमा उनी ठोक्किएका थिए । चार जनामध्ये एउटाले सोधे, ‘किन ठेलेको, निहुँ खोजेको हो ?

सो क्रममा भएको विवादमा अचानक समूहबाट एक जना नाबालकले धिमाललाई चक्कु प्रहार गरे । धिमालको पेट, छाती र ढाडमा एकाएक चक्कु भसाइयो । सँगै रहेका मनिष चौधरीमाथीपनि आक्रमण गरियो । प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवे नेतृत्वको टिमले घटनास्थलबाट भाग्दै गरेको अवस्थामै ३ जना र पछि अर्का नाबालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले भने, ‘एकैछिनमा घटना भएछ, नाबालकले चक्कु बोकेर हिँडेका रहेछन् ।’

गौशालाका रैथाने उनीहरू स्थानीय शारदा स्कुलमा ९ र १० कक्षामा पढ्छन् । उनीहरुले प्रतिबन्धित नसा लिएको हुनसक्ने प्रहरीको अनुमान छ । नसाको तालमा आवेगमा आएको आशंका गरिएको छ । यद्यपी अनुशन्धान भइरहेको छ अनुशन्धानमा खटिएका अधिकारीले भने ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस