२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरोले हानेर हत्या, घर्ती पक्राउ

दाङ । दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका- १० नारायणपुरकी ५० वर्षीया जुपली बुढा र ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहार गरी हत्या गरिएको दाङ प्रहरीले बताएको छ । दाङ प्रमुख एसपी रामबहादुर केसीका अनुसार अटो चालक टेकबहादुर घर्तीले बञ्चरोले हानेर ती दुई महिलाको हत्या गरेका हुन् ।

घोराही– १७ का घर्तीले विगत २ वर्षदेखि मृतक जुपलीलाई अटोमा घरमा लग्ने र ल्याउने गर्दै आएको प्रहरीले जनाएको छ । संगीता जुपलीको घरमा श्रीमानसहित भाडामा बस्दै आएकी थिइन् । टेकबहादुरले आज अपरान्ह जुपलीको भान्सा कोठामा दुईको हत्या गरेका हुन् । प्रहरीले टेकबहादुरलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस