२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीपसँग नाम जोडिएपछि पारस खड्का भन्छन् : मेरो चरित्र हत्या गरियो, कानूनी दायरामा ल्याउँछु

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। नेपालका पूर्व कप्तान समेत रहेका खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले भइरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

उनले नेपालको कानूनले कसैलाई पनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन भन्दै नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुल्ला राखेको स्पष्ट गरेका छन्। उनले अगाडी भनेका छन्, ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रस्ट हुँदै जानेनै छ। यो सबैका बिच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानूनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।’

खड्काले नेपाली क्रिकेटप्रतिको आफ्नो निःस्वार्थ भावना र यसको विकास, विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने बताएका छन्। बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर लामिछानेले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफूविरुद्ध षड्यन्त्र गर्नेहरूको नाम सार्वजनिक गर्ने उल्लेख गरेका थिए । त्यसपछि पारसविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज चलिरहेको छ । अधिकांशले पारसले नै सन्दीपविरुद्ध षड्यन्त्र गरेको गम्भीर आरोप लगाएपछि उनले कानूनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।

गौशाला २६ सँग मेरो जुनसुकै सम्बन्ध प्रमाणित गर्नुस्, ८ वर्षले पुग्दैन, मलाई फासीमा चढाइयोस् : सन्दीप लामिछाने

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस