२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‍प्रधानमन्त्री प्रचण्डको ४ दिनको भ्रमणमा सवा करोड खर्च

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्च १ करोड २६ लाख ६० हजार रुपैयाँ भुक्तानी भएको हो ।

अर्थले सो रकम परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो । प्रधानमन्त्री ४ माघमा युगान्डा प्रस्थान गरेका थिए । उनी ७ माघमा स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस