२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जोशी र ढकाल एआईजीमा बढुवा

२७ वैशाख, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । यही बीचमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स गएको भन्दै बढुवा रोकिएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस