२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पार्टी फुटेपछि उपेन्द्रको बालुवाटार नै पुगेर प्रधानमन्त्रीसँग हारगुहार

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेका भेटेका हुन्। आफूले प्रधानमन्त्री दाहालसँग भेटेर कुराकानी गरेको अध्यक्ष यादवले जानकारी दिए। ‘प्रधानमन्त्रीसँग कुराकानी गरेर म बालुवाटारबाट भर्खरै निस्किएँ,’ उनले भने। बालुवाटार स्रोतका अनुसार यादवले आफूले गठबन्धन परिवर्तनका लागि कुनै कदम नचालेको र यसो गर्नै नसक्ने बचन समेत दिएका छन् । बाहिर आएको हल्लाहरु मात्र हुन्, म त्यो अस्थिरताको यात्रामा छैन । पार्टी फुट्दैन । फुटेपनि मेरो साथ यही गठबन्धनलाई हुन्छ उनले भने ।

यादव नेतृत्वको जसपा नेपाल फुटेर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएको थियो। जसपा नेपालमा १२ जना प्रतिनिधि सभा सांसद थिए। तीमध्ये ७ जना राई नेतृत्वको जनता समाजवादीमा लागेका छन्। राई नेतृत्वको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो। जसपा नेपालले भने संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा नयाँ दल दर्ता नहुने बताइरहेको छ। साथै उसले कानूनी उपचार खोज्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको जनाएको छ।

दल विभाजन हुँदा जसपा नेपालका अध्यक्ष यादव अमेरिकामा थिए। उनी भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन्। गए राति नेपाल आइपुगेका यादव मंगलबार बिहानै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए। जसपाले केही व्यक्तिहरूको निवेदनका आधारमा दल विभाजन हुन नसक्ने बताउँदै आएको थियो। ‘अवैधानिक निवेदनका आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुहुन अनुरोध छ,’ प्रवक्ता मनिष सुमनले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस