२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यसकारण ह्वातै बढ्यो लक्ष्मी लघुवित्तको नाफा

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तको खुद नाफा ह्वातै बढेको छ । गत वर्ष ९ करोड १७ लाख ८६ हजार रुपैयाँ नोक्सानमा रहेको यस कम्पनीले यो वर्ष ४ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

इम्पेयरमेन्ट चार्ज घट्दा यसको खुद नाफा बढेको हो । गत वर्ष १५ करोड ९ लाख २६ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ करोड ५८ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा केही घटेको छ भने सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएको छ । यसले पनि खुद नाफा बढ्न सहयोग पुगेको हो ।गत वर्ष ९ करोड १९ लाख २९ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको यस कम्पनीले यो वर्ष ६ करोड ३४ लाख ५२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

यता, खुद ब्याज आम्दानी भने १.९७ प्रतिशतले घटेर २७ करोड ७९ लाख ८८ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा लक्ष्मी लघुवित्तको चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ०४ पैसा छ ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस