२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग सभामुखको छलफल [ तस्विरहरु ]

काठमाडौं । आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको हो ।

उक्त छलफलमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित अन्य दलका शीर्ष नेताहरुपनि उपस्थित भए । वैशाख २८ गते बोलाइएको वर्षे अधिवेशनको सञ्चालनका बारेमा छलफल भएको छ । यसअघिको अधिवेशनमा नेपाली कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस