२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रसुवा नेकपा एमालेको अध्यक्षमा जनार्दन ढकाल

धुञ्चे । नेकपा (एमाले) रसुवाको सोमबार साँझ सम्पन्न ९ औ अधिबेशनले अध्यक्षमा जर्नादन ढकाल निर्वाचित भएका छन् । उनी आठौं अधिबेशनबाट पार्टीको जिल्ला सचिवको रुपमा कार्यरत थिए । सदरमुकाम धुञ्चेमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ७८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

यसैगरी उपाध्यक्षमा गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकु बहादुर तामाङ र चमेली गुरुङ निर्वाचित भएका छन । यसैगरी लेखा कमिटीको अध्यक्ष गोविन्द घिमिरे र सचिव कैसाङ डिण्डुप तामाङलाई जिम्मेवारी तोकेको छ । जिल्ला अधिवेशनको गत शनिवार उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस