२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केपी ओलीसँग पार्टीमा फर्काउन वामदेवको अनुग्रह, पार्टी बैठकमा राख्ने ओलीको बचन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संसद्को अंकगणितका कारण जो पनि मन्त्री बन्ने अवस्था आएको बताएका छन् । राजनीतिज्ञ सिद्धनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जो जसरी पनि मन्त्री बन्दा पुरानो त्यागको अवमूल्यन मात्र नभई अपमान गर्ने प्रवृत्ति बढेको बताए । उनले हावाहुरी र असन्तुष्टिले ल्याउने प्रवृत्तिहरुबाट प्रभावित नभई एमाले आफ्नो गन्तव्यमा रहेको जिकिर गरे ।

कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू आत्मालोचनासहित एमालेमा फर्किन तयार रहेको बताए । उनले आफूलाई उपयुक्त जिम्मेवारी दिएर तत्काल एमालेमा फर्किने वातावरण बनाइदिन अध्यक्ष ‌ओलीलाई आग्रहसमेत गरे । एमाले अध्यक्ष ओलीले भने एकताको भावनालाई आफूले सकारात्मक रुपमा लिएको जिकिर गरे । ओलीले जिम्मेवारी दिने विषय पार्टीको बैठकमा छलफल हुने आश्वासन पनि दिए ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस