२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बैंकिङ प्रणालीमा थुप्रियो ६१.६५ खर्ब निक्षेप [अन्तर बैंक ब्याजदरसहित]

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख २२ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ६५ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख २१ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यसरी बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले घटेको छ ।

वाणिज्य बैंकहरुको निक्षेप पनि १ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । वैशाख २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ५३ अर्ब रहेको थियो ।

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ प्रणालीको कुल कर्जा प्रवाह पनि घटेको छ । वैशाख २१ गतेसम्म ५१ खर्ब ४ अर्ब रहेको कर्जा प्रवाह १ अर्बले घटेर वैशाख २२ गतेसम्म ५१ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । सीडी रेसियो ८०.४५ प्रतिशतबाट बढेर ८०.४६ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने स्थिर अर्थात २.४९ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस