२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युनाइटेडको पोस्टमा प्यालेसकाे ४ गोल

काठमाडाैं । इंग्लिस प्रमियर लिगमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ४-० ले पराजित भएको छ। सोमबार राति भएको खेलमा युनाइटेड फराकिलो हार भोग्न बाध्य भयो। क्रिस्टल प्यालेसका लागि माइकल ओलीसले २ गोल गर्दा जिन फ्लिप मटेटा र ट्यारिक मिचेलले समान १-१ गोल गरेका थिए।

खेलको १२ औं मिनेटमै ओलिसले प्यालेसलाई अग्रता दिलाए। पहिलो हाफमा २-० को अग्रता बनाउनेक रममा मटेटाले ४० औं मिनेटमा दोस्रो गोल गरेका थिए। टिमका लागि तेस्रो गोल मिचेलले सम्भव बनाउँदा चौंथो गोल ओलीसले नै ६६ औं मिनेटमा गरेका थिए। जारी सिजन ओलीसको यो नवौं प्रिमियर लिग गोल हो।

युनाइटेड ३५ खेलबाट ५४ अंक जाेड्दै आठाैं स्थानमा छ। युनाइटेड साताैं स्थानभन्दा तल कहिल्यै झरेकाे थिएन। युनाइटेडले याे सिजन १३ हार बेहाेरिसकेकाे छ। युनाइटेडले प्रिमियर लिगमा यतिधेरै हार बेहाेरेकाे पहिलाे पटक हाे। साथै उसले याे सिजन ८१ गाेल खाइसकेकाे छ। सन् १९७८ पश्चात् पहिलाे पटक युनाइटेडले यति धेरै गाेल खाएकाे हाे।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस