२०८१ असोज १९ गते शनिवार | 2024 October 5th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वाञ्चलका १० जिल्लामा २६ हजार एचआइभी संक्रमित, ट्याटु खोप्ने ४० जनामा फैलिएर सुरु भएको तथ्य

काठमाडौं । पूर्वाञ्चलका १० जिल्लामा २६ हजारभन्दा बढी एचआइभी संक्रमित पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । ४० जनामा ट्याटु बनाउने कार्यबाट एचआइभी सरेको खुल्न आएको छ । नेपालको सिमा क्षेत्र वाराणसीमा २६, आजमगढमा १२, सोनभद्र र मउमा एक–एक जना ट्याटु खोपाएर संक्रमित भएका छन् ।

आजमगढ, मिर्जापुर र वाराणसी डिभिजनका १० जिल्लामा २६ हजार ८९० एचआईभी संक्रमित छन्। यीमध्ये ५० प्रतिशतको उमेर २० देखि ४५ वर्षको बीचमा छ । ट्याटु खोपाएर संक्रमित ४० जना भेटिएका छन् । उनीहरुबाट थप फैलिएको आशंका छ । पूर्वाञ्चलका १० जिल्लामा २६ हजारभन्दा बढी एचआइभी संक्रमित छन् ।

चिकित्सकहरुका अनुसार ट्याटु बनाउनेहरुले गलत सुई प्रयोग गरिरहेका छन् । ट्याटु बनाउन प्रयोग हुने सुईको प्रति सुई १२ सय रुपैयाँ पर्छ । यति हुँदा–हुँदै पनि दुई सय रुपैयाँमा चोक–चोकमा ट्याटु बनाइँदै आएको छ । यसको अर्थ स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड भइरहेको छ । सुईको बारम्बार प्रयोग पनि संक्रमणको प्रमुख कारण भन्नेमा प्रशासन सहमत भएको छ । यसैले उच्च निगरानीमा राखिएको छ ।

स्वास्थ्य विभागले हरेक जिल्लाका सरकारी अस्पतालमा एआरटी सेन्टर सञ्चालन गर्दै आएको छ । यहाँ एचआइभी सङ्क्रमितको नाम दर्ता गरी आवश्यक परीक्षण र उपचारको व्यवस्था गरिन्छ। दश जिल्लाका एआरटी सेन्टरको अनुशन्धानले संक्रमितको संख्या बढेको पाइएको छ ।

वाराणसीमा मात्र तीन हजार एचआईभी संक्रमितहरू दर्ता छन् । तीमध्ये २६ जना छन् जसले काउन्सिलिङका क्रममा ट्याटुलाई संक्रमणको कारण बताएका थिए । यी संक्रमितले ट्याटु बनाइसकेकोपनि देखिन्छ । त्यसैगरी आजमगढका ट्याटु खोपाउने १२ जनामा ​​एचआइभी सङ्क्रमण देखिएका छन् ।

२० देखि ४० वर्षका युवाहरूले शौकको रूपमा ट्याटु बनाउने गरेको देखिन्छ । यही उमेर समूहका अत्याधिक एचआइभी संक्रमित छन् । यो गम्भीर रोगहरूको जोखिममा पर्ने भएकाले ट्याटु नखोप्न सल्लाह दिइन्छ । धेरै मानिसहरूको ट्याटू एउटै सुईले बनाइएको देखिन्छ । किनकी यो सूई नै महंगो हुन्छ । तर सस्तोमा खोपाउन त्यही प्रयोग भइरहेको पाइएको छ । जसका कारण संक्रमणको जोखिम उच्च रहन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस