२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको ८ वैशाखमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सरकारले अहिले विद्यालयलाई आधारभूत र मावि गरेर दुई तहमा विभाजन गरेको छ । तर पनि आयोगले चाहिं पुरानै व्यवस्था अनुसार प्रावि, निमावि र मावि तहअनुसार शिक्षक पदपूर्ति गर्दै आएको छ । निमावि तहका शिक्षकले कक्षा ८ सम्म पठाउन पाउँछन् ।

नतिजा अनुसार कोशी प्रदेशमा १४ हजार ६७७ सहभागीमध्ये ३ हजार ७४३ जना, मधेश प्रदेशमा ४ हजार ५८५ सहभागीमध्ये १ हजार १९७ जना, बागमती प्रदेशमा १२ हजार ५०६ परीक्षार्थीमध्ये ३ हजार ८३२ जनाले सामान्यतर्फको लिखित परीक्षा उत्तीर्ण गरेका छन् । त्यस्तै गण्डकी प्रदेशका ११ हजार ९४५ परीक्षार्थीमध्ये ३ हजार ५३४ जना, लुम्बिनी प्रदेशका १० हजार २७१ परीक्षार्थीमध्ये, २ हजार ८२० जना, कर्णाली प्रदेशका २ हजार ६४१ परीक्षार्थीमध्ये ६८७ जना र सुदूरपश्चिम प्रदेशका ६ हजार ९०९ परीक्षार्थीमध्ये १ हजार ७९६ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन् ।

उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा ८ भदौमा हुनेछ । आयोगका अनुसार कोशी प्रदेशको मोरङ जिल्लामा, मधेशको धनुषामा, बागमतीको मकवानपुरमा, लुम्बिनीको दाङमा, गण्डकीको कास्कीमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको कैलालीमा विषयगत लिखित परीक्षा हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस