२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा बैजनी रंगको बर्षा [ भिडिओसहित ]

काठमाडौं । भिडभाड, भागदौड, अस्तव्यस्त र धुलोको शहरका रुपमा खराब परिचय बनाएको काठमाडौँ बसन्त ऋतुमा सुन्दर बनेको छ । कम्तिमा केही हप्ताका लागि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरु अहिले बैजनी–नीलो रंगका फूलहरुले ढाकिएका छन् ।

दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबारसहितका क्षेत्रमा ठूला रुखहरु बैजनी–नीलो भएका छन् । रुखमा छन् त केवल फूलहरु मात्रै । बैजनीमा नीलो रंग मिसिएपछि बन्ने फरक नीलो रंग वा फरक बैजनी रंगको फूलले मौसम नै रंगिन बनाएको छ । रुखबाट झरेका फूलहरुले वरपरको बाटो पनि रंगिन बनाएका छन् । धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । तर यो फूलको असली नाम ज्याकारान्डा हो । यो फूल कडा र ठूला हुने रुखमा फूल्छन्। यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ ।

अहिले काठमाडौँ आसपासमा फूलेको यो फूल ज्याकारान्डा मिमोसिफोलिया प्रजातिको हो । यसको पात र शिरिषको फूलको पात उस्ताउस्तै भएकोले गर्दा यसलाई नीलो शिरि पनि भनिन्छ । तर यिनीहरुमा समानान्तर देखिने भनेको पात मात्रै हुन् । यसलाई रैथाने भन्दा पनि आगन्तुक अर्थात पाहुना फूल भन्ने गरिन्छ । यो फूल मध्य तथा दक्षिण अमेरिकाबाट आएको विज्ञले बताएका छन् । दक्षिण अमेरिकाबाट भारतसम्म आएको यो फूल त्यहाँ काम गर्ने विशेषतः लाहुरेहरुबाट नेपाल आएको मानिन्छ । जे होस्, अहिले काठमाडौँ उत्पत्यका बैजानी–नीलो वा नीलो–बैजनी रंगको फूलले ढाकिएर सुन्दर भएको छ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस