२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमान बाहिर भएका बेला चालीस वर्षीया महिलाको परपुरुषसँग सम्पर्क, घाँटीमा सलले बाँधेर हत्या

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवाकी ४० वर्षीया सरिता श्रेष्ठको घाँटीमा सल बाँधेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

बिहिबार दिउँसो खाजा खान बसेका बेला विवाद हुँदा घाँटीमा सलले बाँधेर धनकुटा नगरपालिका–१० धर्मशालाका ३५ वर्षिय दिलबहादुर विशंखेले हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटा डिएसपी राजबाबु महर्जनले बताए । मृतक श्रेष्ठका श्रीमान काठमाण्डौ बस्दै आएको हुँदा विशंखे र श्रेष्ठ केही समयदेखि सम्पर्कमा रहेको र विवाद हुँदा घाँटीमा तीन फन्का सलले बाधेर हत्या गरेको विशंखेले प्रहरीमा बयान दिएको डिएसपी महर्जनले बताए ।

स्थानीयले घटनाको जानकारी पाउनासाथ प्रहरीलाई खबर गरेको प्रहरीले घटनास्थलबाटै विशंखेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी महर्जनले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस