२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले पर्साको अधिवेशनमा कुटाकुट, सचिवका उम्मेदवार घाइते

वीरगन्ज । नेकपा (एमाले) पर्साको उपाध्यक्षसहित पदाधिकारी चयनका लागि शुक्रबार हुने भनिएको निर्वाचनमा विवाद हुँदा कार्यकर्ताबीच कुटाकुट भएको छ।

वीरगन्जस्थित अनमोल पार्टी प्यालेसमा एमाले कार्यकर्ताबीच कुटाकुट हुदाँ जिल्ला उपसचिव पदका उम्मेदवार रामकिशोर सिंह पराग घाइते भएका छन्। उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। निर्वाचनमा धाँधली गरिएको भन्दै उपाध्यक्ष पदका उम्मेदवार लालबाबु शेख पक्षधरले दिउँसै निर्वाचन समितिको कोठामा तालाबन्दी गरेका थिए। त्यसका बावजुद निर्वाचन समितिले जबरजस्ती मतदान गराउन खोजेपछि त्यसको प्रतिवाद गर्दा कार्यकर्ताबीच कुटाकुट भएको सचिव पदका उम्मेदवार नवराज शर्माले बताए।

अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका विश्वम्भर शर्मा पक्षकाले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको शर्माले बताए। इतर पक्षका अन्य नेताहरूमाथि पनि हातपात भएको उनले बताए। यता अध्यक्ष शर्मा पक्षकाले भने निर्वाचन समितिले नियमसंगत प्रक्रिया पूरा गरेर निर्वाचन गराउन खोज्दा इतर पक्षका केही कार्यकर्ताले निर्वाचन समितिको कोठामा पसेर जबरजस्ती तोडफोड गरेको बताएका छन्। एमालेका वीरगन्ज महानगर सचिव सुन्दर कुर्मीले भने, ुनिर्वाचन समिति नियम र विधि पूरा गरी मतदान प्रक्रियाका लागि तयारी गर्दै थियो। त्यही बेला सचिवका उम्मेदवार परागहितका समूह भित्र पसेर जबरजस्ती गर्न थालेपछि आक्रोशित कार्यकर्ताले प्रतिवाद गरे। अनि दुवै पक्षबीच धकेलाधकेल र हात हालाहाल भयो।ु

कार्यकर्ताबीचच कुटाकुट भएपछि निर्वाचन शनिबारसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ। यसअघि शुक्रबार दिउँसो उपाध्यक्ष पदमा उम्मेदवारी दिएका लालबाबु शेख पक्षधरले निर्वाचन प्रक्रियामा धाँधली गरिएको भन्दै निर्वाचन समितिको कोठमा तालाबन्दी गरिदिएपछि मतदान सुरु नहुँदै स्थगित भएको थियो।

केही पालिकामा नियम मिचेर प्रतिनिधि छनोट गरिएको, जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भइसकेका व्याक्तिले फेरि पदाधिकारीमा उम्मेदवारी दिएको, एक पक्षलाई जिताउने गरी निर्वाचन समिति नै लागेको भन्दै शेख पक्षधरले नारबाजी गर्दै मतपत्रलगायतका काजातहरू राखिएको निर्वाचन समितिको कोठामा ताल्चा लगाएको थियो। जसका कारण बिहान ११ बजेदेखि नै सुरु हुने भनिएको मतदान सुरु नहुँदै स्थगित गरिएको थियो।

वैशाख १७ देखि सुरु एमालेको नवौं जिल्ला अधिवेशनले बिहीबार जिल्ला अध्यक्षमा विश्वम्भर शर्मालाई निर्विरोध चयन गरिसकेको छ। उपाध्यक्ष पदमा मनोज गुप्ता र लालबाबु शेख, सचिव पदमा महेस दास र नवराज शर्मा, उपसचिव खुलामा रामिकिशोर सिंह पराग, नविजान मियाँ अन्सारी र इमरान हुसेन तथा उपसचिव महिलामा सीतादेवी लामा र गीता देवी भण्डारीको उम्मेदवारी परेको छ।

 

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस