२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केकेआरले १२ वर्षपछि घरेलु मैदानमा मुम्बईलाई हरायो, हार्दिकका सबै चाल असफल

KKR vs MI, Highlights

मुम्बई । वेंकटेश अय्यर र मनिष पाण्डेको बलियो ब्याटिङपछि बलरको अद्भूत योगदानका कारण कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई उसकै घरमा २४ रनले पराजित गरेको छ । वानखेडे क्रिकेट रंगशालामा १२ वर्षपछि केकेआर टोली विजयी भएको हो । इन्डियन प्रिमियर लिगको ५१ औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरको टोलीले १९.५ ओभरमा १६९ रन बनाएको थियो । यो स्कोरको लक्ष्य भेट्न उत्रिएको मुम्बई इन्डियन्सले १४५ रन मात्र बनाउँन सक्यो र पराजय भोग्यो ।

यो सिजनका १० खेलमा केकेआरको सातौं जित हो । अब उसको १४ अंक छ। योसँगै मुम्बई टोलीले आठौं हार बेहोरेको छ । योसँगै मुम्बईको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्सको यो सिजन खराब अवस्थामा छ ।

हार्दिकको एउटै चाल पनि काम लागेन

केकेआरविरुद्धको यो खेलमा हार्दिक पाण्ड्या फरक रणनीति लिएर मैदानमा आएका थिए । उनले रोहित शर्मालाई मुख्य टोलीमा समावेश गरेनन् बरु थप बलरलाई मौका दिए। रोहित शर्मा प्रभावशाली खेलाडीको रुपमा ब्याटिङका लागि मैदानमा आएपनि खास केही देखाउन सकेनन् । शीर्ष तीन ब्याट्सम्यान मध्ये इशान किशन १३, रोहित शर्मा ११ र नमन धीरले ११ रन मात्र जोडेर आउट भए ।

तर, मध्य ओभरमा सूर्यकुमार यादवले पक्कै पनि मुम्बईलाई आशा जगाए । सूर्यकुमारले ३५ बलमा ५६ रन बनाएका थिए तर त्यसपछि मुम्बईका लागि अरु कुनै खेलाडीले आफ्नो प्रतिभा देखाउन सकेनन् ।

बलिङमा मिचेल स्टार्क चम्किरहेका छन्
यस खेलमा केकेआरका लागि मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । स्टार्कले बलियो प्रदर्शन गर्दै ३.५ ओभरमा ३३ रन दिएर चार विकेट लिए ।

 

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस