२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अबुधाबी र दुबईमा भीषण वर्षा

Heavy rain with gales in Dubai

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी र दुबई शहरहरूमा बिहीबार बिहानै मेघगर्जन, चट्याङसहित भीषण वर्षा भएको छ। एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको गल्फ न्यूजले जनाएको छ। स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङ सहित वर्षा भएको गल्फ न्यूजले जनाएको छ।

यसअघि वैशाख ४ गतेपनि यूएईको अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढी आएको थियाे। मध्यराततिरै अबुधाबीको पश्चिममा रहेको अल धाफ्रा र अल सिला क्षेत्रमा भारी वर्षा भएको थियो। अल अब्याद टापुसहित केही क्षेत्रमा असिना परेको थियो। मोहम्मद बिन जायद सहर र अल शमामेखमा चट्याङ र मेघगर्जनसहित वर्षा भएको थियो। दुबईको राष्ट्रिय मौसम विभागले नागरिकलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ।

 

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस