२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा

dv lottery result

काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक गरेको छ ।

शनिबार राति नतिजा प्रकाशित भएको हो । डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ ।

नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ । डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शु:ल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले उपलब्ध गराएको dvprogram.state.gov/ESC/ मा गएर नतिजा हेर्न सकिनेछ। यो समयमा अन्य अनाधिकृत वेबसाइटमा समेत डीभीको नतिजा हेर्न सकिने भन्दै हैरानी दिने गरेको पाइन्छ। जसकारण दूतावासको आधिकारीक बेवसाइट dvprogram.state.gov/ESC/ मा गएर आफ्नो कन्फर्मेशन नम्बर डायल गरी नतिजा हेर्न दूतावासले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस