२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निधन भएपछि सूर्य थापाले सम्झिए स्वर्गीय भेलु बाजे

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भेलु बाजे अर्थात मीनबहादुर बुढा मगरको हिजो निधन भएको छ । उनको प्युठान अस्पतालमा निधन भएको हो ।

प्युठानको निर्वाचनका बखत भेलु बाजे र नेकपा (एमाले) बाट निर्वाचित सांसद सूर्य थापाको चर्चा भएको थियो । भेलु बाजेले सूर्य थापाको पक्षमा मत मागेका थिए । पछि थापाले पैसा दिएर नै बोल्न लगाएको भनिदिएपछि विवाद भएको थियो । मृत्यु अघिपनि थापाले भेटेर सहयोग गरेका थिए । मृत्युपछि आज बिहानै सामाजिक सञ्जाल मार्फत थापाले स्मरण गरेका छन् । थापाको पोष्ट यस्तो छ ।

पछिल्लोपटक २०८० चैत २९ गते सॅाझ स्याउलीबाड०को खलेसबाड०मा कोठीभीर महोत्सवको उद्घाटन गर्नेक्रममा देखेको थिएं।उहॅाको स्थिति अति नाजुक लागेको थियो।
समाज र स्वास्थ्यका लागि त्यसप्रकारको जीवनशैली पाच्य थिएन। बोली रैथाने चल्तीको हॅुदा टिपिकल सुनिदॅा जुम्रीकॅाडा, प्युठानका भेलु बाजे भाइरल हुनु स्वभाविक थियो।
हिजो उपचारको क्रममा दिवंगत हुनुभएको दुःखद खबर सुन्दा बेचैनी लाग्यो।अब बिश्राम लिनुभएको छ।

भावपूर्ण श्रद्दान्जलि मीनबहादुर बुढा मगर (भेलु बाजे)।
अब पिर, सन्ताप र सम्झना मात्रै बॅाकी रह्यो!
अलविदा ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस