२०८१ मङ्सिर २ गते आइतवार | 2024 November 17th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

weather forecast nepal today

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। शुक्रवार भन् लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस