२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोमाञ्चक खेलमा हैदरावादले राजस्थानलाई अन्तिम बलमा १ रनले हरायो

SRH vs RR IPL LIVE SCORE

हैदरावाद । आईपीएल २०२४ को ५० औं खेल आज अत्यन्तै रोमाञ्चक भएको छ ।  जितको करिब नजिक पुगेको राजस्थान रोयल्सले अन्तिम बलमा आवश्यक दुई रन बनाउन नसकेपछि नतिजा सनराइजर्स हैदरावादको पोल्टामा गयो । ‘

नतिजा बिग्रिदा सनराइजर्स हैदरावादका फ्यानलाई दु:ख त लागेको होला । तर खेल अत्यन्तै रोमाञ्चक बन्यो । किनभने भुवनेश्वर कुमारले रोभमान पावेललाई आफ्नो जादुई बलमा अन्तिम ओभरकोपनि अन्तिम क्षणमा आउट गरे। यो जादुमय योगदानका कारण सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई अन्तिम बलमा एक रनले पराजित गरेको छ । ‘

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि १३ रन आवश्यक थियो। रोभम्यान पावेलले पहिलो ५ बलमा ११ रन बनाउन सफल भए पनि अन्तिम बाधा पार गर्न सकेनन् । यसअघि टस जितेर ब्याटिङ गरेको हैदरावादले घरेलु मैदानमा राजीव गान्धी इन्टरनेशनल क्रिकेट मैदानमा तीन विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा यशस्वी जैसवाल र रियान परागले अर्धशतक प्रहार गरे पनि उनीहरुको टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०० रन मात्रै बनाउन सक्यो ।’

 

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस