२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेस्ट इन्डिज ‘ए’विरूद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं । चौथो टी–२० मा वेस्ट इन्डिज ‘ए’विरूद्ध नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ । टस जितेर नेपालविरूद्ध ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’ का एलिक अथानान्जेलाई प्रतिश जीसीले सन्दीप जोराको हातबाट क्याच आउट गराए । उनले दोस्रो ओभरको पहिलो बलमा नै नेपाललाई सफलता दिलाएका थिए ।

९.६ ओभरमा कुशल भुर्तेलले दीपेन्द्रसिंह ऐरीको हातबाट जोनसन चाल्सलाई क्याच आउट गराए । यसैगरी कुशल भुर्तेलले नै कप्तान रोहित पौडेलको हातबाट कीसी कार्टीलाई क्याच आउट गराए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले आठ खेलाडी परिवर्तन गरेको छ। तेस्रो टी-२० खेलेका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल मात्र आजको टोलीमा छन्।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस