२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेस्ट इन्डिज ‘ए’ विरूद्धको चौथो खेलमा नेपाली टोलीमा ८ परिवर्तन

काठमाडौं, वैशाख २० । नेपालविरूद्धको चौथो टी-२० मा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले आठ खेलाडी परिवर्तन गरेको छ। तेस्रो टी-२० खेलेका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल मात्र आजको टोलीमा छन्।

नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जिसी, ललित राजवंशी र अभिनास बोहरा।

पाँच खेलको सिरिजको तीन खेल सकिँदा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले जित्दा दोस्रो र तेस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो। नेपालले आगामी टी-२० विश्वकपको तयारीस्वरूप यो सिरिज खेलिरहेको छ। सिरिज सकिएपछि नेपाल विश्वकपको तयारी गर्न वेस्ट इण्डिज नै जानेछ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस