२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बहुप्रतिक्षित फिल्म ‘कृष–४’ मा भिलेन बन्न लागेका हुन् ऋतिक रोशन ?

Is Hrithik Roshan going to be the villain in the much-awaited film 'Krrish-4'?

नयाँ दिल्ली । बहुप्रतिक्षित फिल्म ‘कृष–४’ को चर्चा सामाजिक सञ्जालमा यतिबेला चर्किएको छ । ‘कृष’ मा बलिउड अभिनेता ऋतिक रोशनले कृषको भूमिका निर्वाह गर्दै आएका छन् । उनी फिल्ममा सुपरहिरोको भूमिकामा छन् ।

तर फिल्मको आगामी सिक्वेल ‘कृष–४’ मा भने उनी नायक नभई खलनायकको भूमिकामा देखिने भएका छन् । सुपरहिरो क्रिसको भिलेन लुक इन्टरनेटमा भाइरल भइरहेको छ ।

तर यसबारे निर्माण पक्षले अहिलेसम्म केही पनि भनेको छैन । कृष भारतको चर्चित सुपरहिरो फिल्ममा पर्दछ । भारतमा मात्रै नभएर विदेशमा यो फिल्मप्रति दर्शकको क्रेज धेरै छ । दर्शकहरु कृष ४ कहिले हलमा आउँला भनेर कुरिरहेका छन् । हालै फिल्म निर्माताहरूले कृष–४ बारे पछिल्लो अपडेट दिएका छन् ।

सञ्चारमाध्यमहरूमा छापिएका खबरका अनुसार फिल्म निर्देशक राकेश रोशन र सिद्धार्थ आनन्दले फिल्मको प्रि–प्रडक्शनको काम शुरु गरेका छन् । फिल्मको स्क्रिप्टमा घमाधम काम भइररहेको बताइएको छ । रचनात्मक आइडियाहरूको साथमा स्क्रिप्टमा द्रुत गतिमा काम भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस