२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इन्टरनेट सेवामा एकै पटक देशभर समस्या, अब नआउनसक्ने यस्तो छ खास कारण

२० वैशाख, काठमाडौं । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु, भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो।

इन्टरनेट सेवामा समस्या आएको वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले बताए । इन्टरनेट सेवा एयरटेलले काटिदिएका कारण समस्या आएको उनले बताए । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।

उनीहरुले सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका छन् । यसअघि इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको थियो। यस्तै भएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस