२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज फेरि एकैदिन उच्च दरमा बढ्यो सुनको मूल्य

Gold Price Today Nepal

२० वैशाख, काठमाडौँ । अघिल्लो दिन बुधबार तोलमा २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोलामा १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार रुपैयाँले बढ्दै १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस