२०८१ असोज १९ गते शनिवार | 2024 October 5th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आशामा डुबेर वौद्धिकहरुको मौनता र खराव सल्लाहकारले देश झनै बिग्रिदो

सरस्वती भट्ट । घटनाले मलाई समाज विग्रनुमा वौद्धिक मौनता पनि एक कारण हो भन्ने थप प्रस्ट पार्यो । गोरखा काठमाडौं चिन्तन समाजको वनभोजमा सहभागी हुने अवसर जुर्यो । म वनभोज कै रुपमा मात्र उपस्थित थिएँ । कार्यक्रम स्थलमा पुग्दा थुप्रै विद्धत वर्ग देखे, होनाहार राजनैतिक चिन्तक पनि । म हरेक कार्यक्रममा जाँदा कार्यक्रमको महत्व अनुसारको पोसाक छनोट गर्ने गर्छु । आज वनभोज त्यो पनि मेरो जन्मजिल्ला पुरा स्वतन्त्र र प्रफुल्ल बन्दै पेन्ट टिसर्टमा गएकी थिएँ। मलाई यो अगाडि यस्तो महसुस हुदैनथ्यो पोसाक भद्र हुनु पर्छ तर यहि भन्ने छैन जस्तो लाग्दथ्यो तर आज मलाई अलि असहज महसुस भयो । मानिसलाई उमेर र पोसाकले पनि थप जिम्मेवार वनाउँछ ।,

प्रसंग जोडौं कार्यक्रम तर्फ, कार्यक्रममा मेरा अग्रज राजनैतिक चिन्तक देखि विश्लेषक, सम्पादक, चिकित्सक, अध्यापक, प्राध्यापक यस्तै अनुहारको संख्या धेरै थियो । म आजभोली जुनसुकै कार्यक्रममा पनि सुन्ने र सिक्ने पाटोलाई धेरै ध्यान दिने गर्छु । मैले जानेको भन्दा जान्न पर्ने कुरा धेरै छ जस्तो लाग्छ । म मानविकी अन्तर्गत अंग्रेजी साहित्यमा एम. फिल. गरेको विद्यार्थी हुँ। म पहिला प्रमाण पत्रका लागि पढ्ने गर्थे तर अहिले प्रमाण पत्र अनुसारको मेरो क्रियाकलाप छ त ? यही बारेमा धेरै चिन्तन गर्छु । म मानविकी संकायको एम. फिल. स्कलर मसँग मानवताको स्थर छ कि छैन ? त्यो प्रमुख विषय बनेको छ। प्रायः मानिस अरुको कमजोरी खोज्न समय खर्चने गर्दछन् । त्यो समय आफूलाई सुधार्न लगाउन सक्यौं भने, आफ्नो वरिपरिका आफैं सुध्रन्छन्। प्रसंग वौद्धिक मौनता कै हो। म शिक्षा पेसा वा पैसाका लागि भन्दापनि आफूलाई माझ्न र समाज र संसार वुझ्नका लागि ऐनाको रुपमा ग्रहण गर्ने गर्छु।’

फेरि शिक्षा प्रमापत्र कै लागि पनि हुन हुदैन र प्रमाण पत्र नभएका कयौं साहित्यकार र विषय विज्ञहरु पनि हामीले देखेका छौं । अझ मानवता त प्रमाण पत्र विनाका मानवताका पुजारीसँग धेरै छन् । प्रसंग फेरि वनभोज कार्यक्रम तर्फ नै मोड्न चाहन्छु । कार्यक्रममा वक्ताको रुपमा आदरणीय व्यक्तित्वहरु धेरै हुनुहुन्थ्यो । जसमा पूर्व मन्त्रि तथा हाल राष्ट्रिय सभा सदस्य कमला पन्त, राष्ट्रिय सभा सदस्य किरण वावु श्रेष्ठ, गण्डकी प्रदेश पूर्व मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, नेपाली कांग्रेस महासमिति सदस्य एवं कामनपा मेयर प्रत्याशी सृजना श्रेष्ठ सिंह लगायत अन्य आदरणीय व्यक्तित्वहरु। म कहि पनि केही पाउन भन्दा पनि केही सिक्न र सकेको दिन जाने गर्छु। पेसाले शिक्षाकर्की भएपनि वालापन देखिको राजनैतिक चेतनाका कारण मेरो मस्तिस्कमा राजनैतिक चासो धेरै नै छ। हिजोआज अझ धेरै चिन्तन गर्ने गर्छु।’

कार्यक्रममा सवैको मन्तव्य ध्यान दिएर सुनें र दुइवटा कुरामा मात्र मेरो ध्यान गयो। राष्ट्रिय सभा सदस्यमा केहि महिना अघि मात्र निर्वाचित आदरणीय व्यक्तित्व किरण वावु श्रेष्ठले आफ्नो मन्तव्यका क्रममा भन्नुभयो, समाज र राजनैतिक चेतना स्तर विग्रनुमा दुई विशेष कारण छन् ।

१, वौद्धिक मौनता
२, संगत को प्रतिफल
हो हाम्रो समाजमा सामाजिक असंयमताले ठूलो हिस्सा ओगटेको छ। राज्यको विशेष मानव स्रोत मानिने युवा वर्ग खराव व्यक्ति व्यवहार र संस्कारको उन्मुलनको पक्षमा उत्रनु पर्ने समयमा ति कुराकै पक्षपोषण गर्दै साइवर सेनामा विकसित हुदै छन्। तिनैको तालीमा हालीमुहाली गर्दै प्रष्ट भ्रष्ट र नैतिकतासँग नांगिएकाहरु राज्यको स्रोत र साधनको दुरुपयोग गर्न कुनै कसुर बाँकी राख्दै छैनन् । यी कुरामा सचेत र विज्ञ वर्ग मौन छ। यसको कारण हुन सक्छ अवसर को आशा वा व्यक्तिगत जीवनसँगको सरोकार । यदि तपाई खराव संस्कार वा खराव बाटोवाट सही नतिजा देश र समाजका लागि दिदै हुनुहुन्छ भने यो राम्रो हो। यदि त्यो होइन भने, अव्यवस्थित राजनैतिक खिचलोमा रुमालिएको देशमा आफ्नो सन्ततीका लागि भने पनि तपाईहरु मौन नरहनुस् साथै क्षमतवान् हुनुहुन्छ भने व्यक्तिगत स्वार्थका लागि मुल्यवान् जीवनको अमूल्य समय देश वनाउनका लागि खर्च गर्नोस्। सन्तानका लागि सम्पती होइन, संस्कार अपरिहार्य छ जुन राज्यसँग गाँसिएको हुन्छ। जब राज्य चलायमान हुन्छ वा विकसित हुन्छ, व्यक्ति आफैं विकसित हुदै जान्छ। तपाइको मौनताले फस्टाएको अराजकता भ्रष्टाचार भावी पुस्ताको अभिशाप नवनोस् ।’

अर्को महत्वपूर्ण कुरा संगत
मानिस दुई कुराबाट प्रष्ट हुन जरुरी छ । एक आफ्नो क्षमताको पहिचान र संगतको गुणस्तर यसको मतलब कसैप्रति भेदभाव भने होइन । के सही र के गलत हामी सवैले छुट्याउन गार्हो पर्दछ। तर कहिलेकाँहि मानिस यति सम्म विश्वस्त बनिदिन्छ सुनेका कुरा र सल्लाह सवै ठिक छन्। यो सम्झनुस् शुभचिन्तक कमाउनु राम्रो हो तर अन्धभक्त हुनु हानिकारक मानिन्छ । कतिपय मानिस अवसरको भोकमा यसरी भासिन्छ उसले राम्रो र नराम्रो छुट्याउनै सक्दैन । अझ चाहदैन, कारण तपाइको प्रशंसा गरि उसलाई तपाईबाट केहि लिन छ। सहि शुभचिन्तक तपाइको राम्रो कुराको प्रशंसक र नराम्रो कुराको आलोचक वन्न पनि तयार रहन्छ र तपाइको कमजोर पक्ष तपाईसँग नै राख्ने गर्दछ ।’

खराव संगत सल्लाहाकारका कारण विश्वका ठूला शासक राजा महाराजाहरु चुकेका र पदच्युत भएका उदाहरण प्रसस्त छन्। राजनैतिक चिन्तक र राजनैतिककर्मीमा ठूलो भिन्नता छ । राजनीति राज्यको ऐना हो । जसले विश्वसामु आफ्नो देशको चित्र चित्रण गर्दछ। रमाइलोका लागि समय कटाउनका लागि कमाउनका लागि वा रमाउनका लागि राजनीति गरिन्छ भने किमार्थ नागरिकले सहन सक्ने कुरा होइन । समाजको ऐना सफा रहेन भने अनुहारको चित्रण कसरी हुनसक्छ ?

महामानव विश्वेश्वर प्रसाद कोइराला भन्नु हुन्थ्यो’ यदि ऐना प्रस्ट छैन भने नहेर्नु, कारण अनुहार प्रष्ट नदेखिन सक्छ। यस अर्थ समाज र सामाजिक जीवन प्रति सचेत वौद्दिक र विज्ञ वर्ग नै समाज रुमान्तरण र अनुशासन सहितको कर्तव्यसँगको अधिकारमा रूपान्तरित नागरिक निर्माण को मेरुदण्ड वन्नुपर्दछ। साथै महिला तथा युवा वर्ग आश्वासन आशा र लहैलहैमा भन्दा पनि आफ्नो क्षमता समावेशीता नैतिकता र उत्तरदायित्व मनन गरि राजनैतिक सुधारमा खटिनु आजको आवश्यकता वनेको छ।

लेखिकाको जन्म स्थान अजिरकोट ३, गोरखा हो । हाल नागार्जुन ३, काठमाडौंमा बस्नुहुन्छ । उहाँ प्रष्ट वक्ता एवं यथार्थ लेखिका हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस