२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईपीएलमा पञ्जाबसँग चेन्नई पराजित : प्लेअफ बन्यो झनै रोचक

CSK vs PBKS Highlights: All-Round Punjab Kings Beat Chennai Super Kings After MS Dhoni's Unwanted 1st In IPL 2024

चेन्नई । राहुल चाहर र हरप्रीत ब्रारको शानदार स्पिनपछि ब्याट्सम्यानको संयमित खेलका कारण आईपीएलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । योसँगै पञ्जाब किंग्सले प्रतियोगितामा चौथो जित दर्ता गरेको छ । चेन्नई सुपर किंग्सको हारसँगै प्रतियोगिता थप रोचक बनेको छ । अंक तालिकामा प्लेअफको रोमाञ्चक दौड जारी छ ।

खेलको कुरा गर्दा आफ्नो घरेलु एम. चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले १६२ रन मात्र बनाउन सकेको थियो । जसमा कप्तान रुतुराज गायकवाडले मात्रै ६२ रनको योगदान दिए । जवाफमा पञ्जाब किंग्सले १३ बल बाँकी छँदै तीन विकेट गुमाएर लक्ष्य सजिलै पुरा गर्‍यो। कप्तान साम करन २० बलमा २५ रन बनाएर अविजित फर्किए भने शशांक सिंह २६ बलमा २५ रन बनाएर अविजित फर्किए ।

पञ्जाबको प्लेअफको आशा जीवितै छ
यो हारले चेन्नई सुपर किंग्सलाई प्लेअफको दृष्टिकोणले चोट पुर्याउने छ । अब उसको १० खेलमा १० अंक मात्र बाँकी छ । चेन्नई ं ०.६२७ नेट रनरेटका साथ अंक तालिकामा चौथो स्थानमा छ भने सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्स पनि १० अंकका साथ क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।

पञ्जाबले आफ्नो १०औं खेलमा चौथो खेल जितेर आठ अंक जोडेको छ र प्लेअफमा पुग्ने बाटो अझै खुला छ। पञ्जाब आफ्नो बाँकी चार खेल जितेर शीर्ष ४ मा पुग्न सक्छ । तर यसको नेट रनरेट सबैभन्दा ठूलो शत्रु हो। यसै भन्न सकिन्न ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस