२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ बाट २१० रनको चुनौती

pratish gc

काठमाडौं । चौथो टी-२० खेलेमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।’

वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक रन बनाए । फ्लेचर ८४ रनमा अविजित रहे । जोनसन चाल्र्स ५८, केसी कार्टी ४ र एलिक अथान्ज ५ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङमा नेपालका कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए । वेष्ट इन्डिज ‘ए’ सँगको सिरिजको उपाधि जित्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल्न जित्नैपर्ने हुन्छ ।’

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस