२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालविरुद्ध वेष्टइण्डिजका ओपनर जोनसनको ब्लाष्ट, ६१ बलमा ११९ रन

१९ वैशाख, काठमाडौं । वेष्टइण्डिज ए का ओपनर जोनसन चार्ल्सले तेस्रो टी–२० खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका छन् । उनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरे । ६१ बलमा ११९ रन लगाएर अविजित छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज ए ले १७ ओभरमा २ विकेट गुमाउँदै १८२ रन बनाएको छ । आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । स्पिनर सागर ढकालको बलमा टीयु एण्डको लङअनमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे ।

दोस्रो विकेटका लागि फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । त्यो समय वेष्ट इण्डिज ३.१ ओभरमा २७–१ को अवस्थामा थियो । त्यसपछि भने नेपाली बलरले दोस्रो विकेट लिन १५.५ ओभर पर्खनु परेको थियो । धेरै ढिला गरेर तेस्रो विकेट आयो । आज नेपाली बलर खासै चल्न सकेका छैनन् ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस