२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज मई दिवस : नेपालसहित अधिकांश देशमा सार्वजनिक बिदा

काठमाडौं । आज मई १ अर्थात् मजदुर दिवस । नेपालसहित अधिकांश देशमा आज सार्वजनिक बिदा छ । सामन्तवादको अन्त्यसँगै उदयमान पूँजीवादले श्रमिकलाई भूदासबाट मुक्त त गर्‍यो । तर, सयौं व्यक्तिलाई एकै ठाउँ राख्ने कार्य पनि सँगै गर्‍यो । १६ देखि १८ घण्टासम्म लगातार काम गर्ने श्रमशक्तिले संगठित रुप लिन पुग्यो ।

सुरुमा हामीलाई दास बनाउने मेशिन हो, यही मेशिनलाई समाप्त पार्ने हो भने हामी मुक्त हुन्छौं भन्ने चेतनाले कार्य गर्‍यो । जसको परिणाम मेशिन नष्ट गर्ने आन्दोलन पनि भयो । तर, विस्तारै मेशिन भनेको मानव जातिका लागि सुविधा दिने चिज हो, यसलाई तोड्ने कार्य भन्दा समाजलाई नै रुपान्तरण गर्नुपर्छ भन्ने चेतना देखिन थाल्यो । परिणामस्वरुप श्रम शक्ति संगठित हुन थाल्यो । विभिन्न विचारकहरु पनि देखापर्न थाले । काल्पनिक रुपमा वा उदारवादी रुपमा समाजवादको परिकल्पना गरियो । आज श्रमलाई सम्मान गर्ने समाज बनेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस