२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भगवानको वास हुने समीको बिरुवा रोप्दा हुने छैन कहिलै धनको कमी

काठमाडौं । सनातन धर्ममा घरमा बिरुवा लगाउनुलाई शुभ मानिन्छ । किनकी केही बिरुवाहरूमा भगवानले वास गरेको मानिन्छ । त्यस्तै एक विरुवाको चर्चा गर्दा पहिलो नम्बरमा आउँछ समी । घरमा यो बिरुवा रोप्दा मानिसको जीवनमा धेरै समस्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

समीको बिरुवामा भगवान शिवको बास रहेको जनविश्वास छ । यो रूख निकै पवित्र मानिन्छ । घरमा समीको बिरुवा लगाउनाले महादेवको आशीर्वाद प्राप्त हुने विश्वास रहेको छ । वास्तु विज्ञका अनुसार कसैको कुण्डलीमा शनिदोष वा शनिको प्रभाव छ भने घरको दक्षिण दिशामा समीको रूख रोप्नुपर्छ । जसले शनि दोषलाई हटाउन सक्छ ।

शनिबार पारेर समीको रूख रोप्नु अत्यन्तै शुभ मानिन्छ । वास्तुशास्त्र अनुसार यो बिरुवा सधैँ घरको मुख्य ढोकाको देब्रेपट्टि राख्नुपर्छ। यसले घरमा सधैँ सकारात्मक ऊर्जा ल्याउँछ, जसले हाम्रो जीवनमा राम्रो प्रभाव पार्छ । साँझ समीको बोट नजिक दीप प्रज्वलन गर्नाले आर्थिक अवस्था पनि मजबुत हुने जनविश्वास छ । साथै नजिकै हरेक साँझ घ्यूको दियो बाल्दा विवाहमा आउने सबै बाधाहरू हट्ने मान्यता छ ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस