२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाममा ‘मुढा’ हारेपछि राजेश पायलको टिप्पणी- जनताले अझै पहिचानको मुद्दा बुझेनन्

Singer Rajesh payal Rai would not have been arrested if he had not pushed the police: Police

काठमाडौं । गायक राजेश पायल रायल पछिल्लो समय आफ्नो कलाकारिताभन्दा बाहिर राजनीतिक विषयहरूमा पनि खुलेर बोल्न थालेका छन् । खासगरी जातीयताका मुद्दाहरूमा उनको गहिरो अभिरुचि र पक्षधरता प्रकट भइरहेको छ । हालै इलाम २ मा भएको उपचुनावमा राजेश पायलले ‘पहिचानवादी’ उम्मेदवार डकेन्द्र थेगिमलाई जिताउन लागिपरेका थिए । तर, उनको प्रयास सार्थक भएन । एमालेका सुहाङ नेम्वाङ विजयी हुँदा मुढा चुनाव चिन्ह भएका थेगिम तेस्रो स्थानमा सीमित भए ।

पहिचानवादी उम्मेदवारको हारले राजेश पायल दुखी देखिन्छन् । उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै जनताले अझै पहिचानको मुद्दा राम्ररी नबुझेको गुनासो गरे । आफूले कुनै पार्टी विशेषको नभएको भन्दै उनले एउटा स्वतन्त्र र साझा पहिचानवादी उम्मेदवारका रूपमा थेगिमलाई समर्थन गरेको उनले स्पष्ट गरे ।

‘म कुनै पार्टीको मान्छे होइन । कसैको विरोधका लागि, कसैलाई हराउन आएको पनि होइन । म पहिचानको पक्षधर हुँ । पहिचान भनेको राष्ट्रको सम्पत्ति हो । अझै पनि जनतामा पहिचानबारे सही बुझाइ छैन । म त्यही बुझाउन आएको हुँ,’ राईले भने । राजेश पायलले चुलाचुलीमा आयोजित थेगिमको चुनावी सभामा पुगेर गीत गाउँदै भोट मागेका थिए । चुलाचुलीबाट सोचेअनुसार नै भोट आएको उनले बताएका छन् ।

‘चुलाचुलीका जनतालाई म स्यालुट गर्छु । त्यहाँ जस्तो माहौल थियो, त्यही अनुसार भोट झर्‍यो,’ उनले खुशी व्यक्त गरे । राईले चुनावी प्रक्रियामा हारजित सामान्य भएको बताए । चुनावी पराजय भोगेपछि पहिचानको मुद्दा झन् बलियो भएको उनको विश्लेषण छ ।

‘११ हजार मत भनेको थोरै होइन । अर्को टाइममा बुझाउन सकियो भने जित निश्चित छ । सायद त्यस बेला मैले भोट माग्न जानुरहनु पनि पर्दैन,’ उनले भने । आफूलाई फेसबुकमा दुई चार जनाले जातिवादी भनेर गाली गर्दैमा फरक नपर्ने पनि राईले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस