२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको टी-२० विश्वकप स्क्वाड घोषणा, को को समेटिए ?

काठमाडौं । नेपालको आउँदो टी-२० विश्वकपमा खेल्ने १५ सदस्यीय स्क्वाड घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा घोषित टीममा अनुभवी खेलाडीहरुले नै स्थान बनाएका छन् ।

नेपालको ओपनिङ जोडीमा नियमित ओपनरहरु कुशल भुर्तेल र आसिफ शेख नै रहनेछन् । वैकल्पिक ओपनिङ ब्याट्सम्यानका रुपमा अनिल साह छन् । उनी विकेटकिपर पनि हुन् । नेपालको स्क्वाडमा मध्यक्रम निकै बलियो छ । कप्तान रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्शन झा मध्यक्रममा रहेका छन् । उनीहरुमध्ये रोहित, कुशल, दीपेन्द्र र गुल्शन बलिङसमेत गर्न सक्छन् ।

यसैगरी अनुभवी सोमपाल कामी र करण केसीका साथमा अविनाश बोहोरा प्रमुख फास्ट बलरका रुपमा रहेका छन् । युवा प्रतिस जीसी र कमलसिंह ऐरीले पनि १५ सदस्यीय स्क्वाडमा स्थान बनाएका छन् । सन्दीप लामिछानेको अनुपस्थितिमा युवा स्पिनर सागर ढकाललाई मौका मिलेको छ भने मुख्य स्पिनरका रुपमा ललित राजवंशी छन् । अलराउन्ड विवेक यादव र फास्ट बलर आकाश चन्द स्वाडमा समेटिन सकेनन् । विश्वकपमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन १२, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १५ र चौथो खेल बंगलादेशसँग जुन १७ मा खेल्नेछ ।

हेर्नुस् सूची

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस