२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छोरासँग निस्किएकी अभिनेत्रीलाई मान्छे किन यति धेरै गाली र ट्रोल गर्दैछन्, यो ड्रेसमा के छ ?

काठमाडौं । मलाइका अरोडा बारम्बार ट्रोल बनिरहने अभिनेत्री हुन् । उनी हिँडेको, खाएको, लगाएको विषयमा मात्र हैन नीजि जीवनका कारणपनि चर्चामा आउँछिन् । पूर्वपति, छोरा, प्रेमी सबैका विषयमा समाचार बन्छन् । यसपटक यी सुन्दरी अभिनेत्रीले सुन्तला रंगको सेट रोजेकी थिइन् । गाढा सुन्तला रंगको स्पोर्ट्स ब्रा मा अधिकांशको आँखा गएको छ । हल्का छायाको आरामदायी फिटिङ सर्टले झनै आकर्षक देखाएको छ ।

मिल्दो ज्याकेट र आरामदायी चप्पलले उनलाई सुन्दर भने देखाएको छ । मलाइकाले सर्टसँग मिल्दोजुल्दो ज्याकेट लगाएकी थिइन् । उही समयमा उनले जुत्ताको सट्टा खुट्टामा साधारण चप्पल लगाइन । उनले आफ्नो कपालमा खुकुलो ब्रेडीमा बाँधेकी छिन् । छोरा अरहान साथमा छन् । उनले पनि आरामदायी लुगा लगाएका छन् ।

अरहानले पनि साधारण र आरामदायी लुगामा आफूलाई सहज देखाएका छन् । स्टारकिडले स्ट्रिप गरिएको ढाँचाको पायजामा र यसको साथमा कपासको टी–सर्ट लगाएका छन् । मलाइकाको यो ड्रेसलाई अहिले फ्यानहरु ट्रोल गरिरहेका छन् । छोरासँग हिँड्दापनि आफ्नो ग्ल्यामरस छोड्न नसकेको भन्दै केही गाली गरिरहेका छन् ।

योग कक्षामा लगाउने एउटै कपडा

मलाइका अरोडाले योगा क्लासका लागि पनि यही कपडा दोहोर्याएकी थिइन् । सधैं झैं, यी सुन्दरी अभिनेत्रीले यी कपडाहरूमापनि आफ्नो टोन्ड र कर्वी बडी फ्ल्यान्ट गरिरहेकी छिन् । जसले फिटनेस गोलका साथ साथै स्टाइल गोलहरू पनि देखाएको छ । यस पटक मलाइका छोरा अरहान खानसँग मॉर्निङ वाक गर्दै गरेको देखिन्छ । उनीहरुबीचको सामिप्यता मधुर रहेको तस्वीरबाट अनुमान लगाउन सकिन्छ । पूर्वपतिसँग सम्बन्ध विच्छेदपछि खासै राम्रो सम्बन्ध नभएपनि छोरा अरहान धेरैजसो आमा मलाइकासँग नै बस्छन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस