२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सम्बन्ध सबै समाप्त, यो भन्दा अपराध अरु केही हुन सक्दैन !

Resham Ranjita Chaudhary

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेता रेशम चौधरीले सम्बन्ध सबै समाप्त भएको लेखेका छन् । श्रीमतीसँग विवाद बढिरहेका बेला उनले भर्खरै सम्बन्ध सबै समाप्त । बिश्वास माथिको अघात । यो भन्दा अपराध अरु केही हुन सक्दैन । भनेर लेखेका छन् ।

यो उनले श्रीमती रञ्जिता श्रेष्ठलाई भनेको प्रष्ट हुन्छ । सूदुरपश्चिम सरकार विस्तार हुने संकेत आज मात्रै आएको छ । आज नाउपाकी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठले रेशम चौधरी अपराधि रहेकाले उ पार्टीको अध्यक्ष हुन नसक्ने स्पष्ट पार्दै आफू नै अध्यक्ष भएको जवाफ सर्वोच्च अदालतमा पेस गरेकी छिन् ।

त्यसपछि अहिले रेशम नियन्त्रण बाहिर रहेको देखिन्छ । उनले फेसबुकमा २१ मिनेटमा आठ वटा पोष्ट गरिसकेका छन् । उनी असहज अवस्थामा गुज्रिरहेको यसबाट आँकलन गर्न सकिन्छ । उनको लेखाईबाट रञ्जिता आफ्नो पार्टीको नेतृत्वमा सरकार नबनेपनि सूदुरपश्चिममा बन्ने केन्द्रीय सत्ता गठबन्धनको सरकारमा समेत सामेल हुने संकेत देखाएकी छिन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस