२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पेट्रोल, डिजेल, मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु दुईले घटाएको हो ।

निगमले डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ ।

इन्डियन आयल कर्पोरेसन ‘आइओसी’बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले हवाई इन्धन ‘आन्तरिकतर्फ’ प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन ‘अन्तर्राष्ट्रियतर्फ’ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ ।

मूल्य बढेसँगै हवाई इन्धन ‘आन्तरिक’ को मूल्य प्रतिलिटर रु एक सय ३७ र हवाई इन्धन ‘अन्तर्राष्ट्रिय’ को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस