२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुहाङलाई अध्यक्ष ओलीको बधाई : युवालाई अघि सार्ने बचन दिँदै इलामेली मतदातालाई दिए धन्यवाद

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । इलाम– २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । साथै अध्यक्ष ओलीले इमालका मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिए ।

उनले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा जवाफमा सुहाङले इलामेली जनतालाई सोध्नुपर्छ भनेर भनेको समेत उल्लेख गरेका छन् । साथै ओलीले एमालेले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको उल्लेख गर्दै आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने प्रतिवद्धता समेत जनाएको छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस