२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपनिर्वाचन: माधव नेपालको कन्तबिजोग, रेशम र रञ्जिताको सत्ता बार्गेनिङको चाबी नै कच्याककुचुक

काठमाडौं । इलाम र बझाङको चुनावी परिणामले एमाले पार्टी फोडेर नयाँ दल नेकपा एकीकृत समाजवादी गठन गर्न पुगेका माधव नेपाललाई भने तनाव थपेको छ । राजनीतिक रुपमा आफ्नो अस्तित्व रक्षाको लडाइँमा रहेका माधव नेपालका लागि मात्र होइन, सम्मानित नेता झलनाथ खनालको राजनीतिक जीवनका लागि पनि इलाम २ को चुनावले संकट थपिदिएको छ ।

करिब ६० हजार मत खस्दा जम्माजम्मी ४ सय ९ मत ल्याएर माधव नेपालको दल एसले आफ्नो मत रक्षा गरेको छ । एमालेसँग प्रतिस्पर्धा गर्ने नाममा माधव नेपालकै जोडबलमा उम्मेदवार कायम राखिएको स्रोत बताउछ । । तर, एसको यो कन्तबिजोगले माधव नेपालको सपनामा भने तुषारापात लाग्न थालेको छ ।

बाह्य शक्तिको जोडबलमा सरकार फेर्न हिंडेका माधव नेपालका लागि इलामको चुनावी नतिजाले कन्तबिजोग बनाउँदा प्रधानमन्त्रीको ख्वाबमाथि प्रश्न उठाईदिएको छ । अनि, बझाङको प्रदेशसभाको उपचुनावको परिणामले थोरै राहत दिए पनि एमालेलाई हराउन भने सकेनन् ।

सुदूरको उपनिर्वाचनमा करिब २ हजार मत ल्याएको एसले एमालेलाई हराएको भए राजनीतिक सन्देश दिन सफल हुने थियो । तर, त्यति पनि गर्न नसकेको एसको अन्धकार भविष्यको संकेत अब थप राजनीतिक समस्या आइपरेको छ । माधवको एसले सुदूरपश्चिममा कांग्रेसको साथ लिएर सरकार टिकाउने रणनीति लिएको थियो । सुदूरपश्चिममा उक्त प्रयास सफल भए केन्द्रमा हान्ने माधव नेपालको रणनीति असफल हुने बाटोमा लागेको छ । एमालेले एक सिट बढाएपछि एमाले र माओवादीको सांसद संख्या बराबरी भएको छ उनीहरुको दुवैको ११/११ जना गरेर २२ सांसद भएका छन् ।

स्वतन्त्र तारा जोशी र एसका ४ जना गर्दा अहिलेको सरकारका लागि टुप्लुक्क बहुमत आउँछ । त्यस्तो अवस्थामा एमालेले दीर्घ सोडारीलाई विश्वासको मत दिएर माधव नेपालको डिजाइन असफल बनाउन सक्छ । त्यहाँ माधव नेपालको डिजाइन असफल भएमा केन्द्रमा पनि ढिलो हुनेछ । माधव नेपालको त्यो रणनीति ढिलो हुँदै जाँदा चाहिँ पार्टी नै फुट्ने अवस्थामा पनि पुग्न सक्छ । मतमा देखिएको कन्तबिजोगले कार्यकर्तामा भने झन धेरै फ्रस्टेशन भएर एमालेतिर फड्को हान्ने आंकलन पनि गरिएको छ ।

एमालेले बझाङको प्रदेशसभामा चुनाव जितेर माधव नेपालको सपनालाई धोका पुगेको विश्लेषण हुन थालेको छ । त्यतिमात्र पनि होइन, नागरिक उन्मुक्ति पार्टीका लागि पनि धक्का लागेको छ । आफूलाई किङमेकरजस्तो भनेर दावी गर्दै आएको नागरिक उन्मुक्ति बिना पनि अब सत्ता पक्षले बहुमत पु¥याउन सक्ने अवस्था आएको छ । त्यसैले, अबको राजनीति रेशम चौधरीका लागि पनि अनपेक्षित भएको छ । उनको सौदाबाजीको तौलमा गिरावट आउने संकेत बझाङको चुनावले दिएको स्पष्ट देखिन्छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस