२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले तीन तथा फेर्मिन लोपेजले एक गोल गरेका थिए । यस्तै, भ्यालेन्सियाका ह्युगो डुरो र पेपेलुले एक–एक गोल फर्काएका थिए ।

बार्सिलोनाका लोपेजले खेलको २२ औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर भ्यालेन्सियाका डुरोले २७औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, ३८औँ मिनेटमा पेपेलुले गोल गर्दै भ्यालेन्सियालाई २–१ गोलले अगाडि बढाए ।

त्यसपछि खेलको ४९औँ, ८२औँ र इन्जुरी समयमा लेवान्डोस्कीले ह्याट्रिक गर्दै बार्सिलोनालाई ४–२ गोलको जित दिलाए । यो जितसँगै बार्सिलोना ३३ खेलबाट ७३ अंकका साथ तालिकाको दोस्रा स्थानमा उक्लिएको छ । पराजित भएको भ्यालेन्सिया ४७ अंकसहित आठौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस