काठमाडौं । इन्डियन प्रिमियर लिग २०२४ को ४८ औँ खेल आज लखनउ सुपरजायन्ट्स र मुम्बई इन्डियन्स बीच एकना क्रिकेट स्टेडियम लखनउमा भयो । लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।
पहिले ब्याटिङ गरेको एमआईले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र जोडेको थियो । लखनउलाई खेल जित्नका लागि १४५ रनको लक्ष्य पछ्याउनु परेको थियो । एलएसजीले १९.२ ओभरमा १४५ रनको लक्ष्य पूरा गर्दै एमआईलाई हरायो । मात्र ४ बल बाँकी रहँदा लखनउले मुम्बई इन्डियन्सलाई ४ विकेटले हरायो ।