२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाममा एमाले उम्मेदवार नेम्बाङ ५६६२ मतले अगाडि

१७ वैशाख, काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । उपनिर्वाचनमा खसेको ६९ हजार २८७ मतमध्ये ३९ हजार ९६१ मत गणना हुँदा नेम्बाङले १६२१९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १०५५७ मत प्राप्त गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ५६६२ मतको अन्तर भएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८८२५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २६४५ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस