२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलामको ताजा परिणाम : फेरि कांग्रेसले सुहाङलाई उछिन्न थाल्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा सम्पन्न उपचुनावको पछिल्लो मत परिणाममा फेरि नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले झिनो मतले उछिन्न थालेका छन् । माङसेबुङ गाउँपालिका वडा नं. १ को मत परिणाममा रुख चिन्हले सूर्य चिन्हलाई झिनो मतले अग्रता लिएको हो । यद्यपी कुल मतमा रुखसँग सूर्यको २२५७ मत अग्रता छ ।

इलाम क्षेत्र नं. २ को ताजा परिणाम यस्तो छ ।
अग्रता (सुर्य) : २२५७

कुल मत परिणाम
नेकपा एमाले (सूर्य) ८०८८
नेपाल कांग्रेस (रुख) ५८३१
स्वतन्त्र (मुढा) ४४३०
रास्वपा (घण्टी ) ११९८

(पछिल्लो गणना) माङ्सेबुङ वडा नं. १
नेकपा एमाले (सूर्य) ४११
नेपाल कांग्रेस (रुख) ४३६
स्वतन्त्र (मुढा) ३७२
रास्वपा (घण्टी) ३६

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस