१७ वैशाख, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ४ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार सोही मूल्यले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।